Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप,डीएसपी पौडेल घाइते

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, १६ : ४९ मा प्रकाशित

नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप,डीएसपी पौडेल घाइते

नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप भएको छ । स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आयोजना गरेको प्रदर्शनमा झडप भएको हो ।

केहि दिन देखी प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको थियो।

झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको