Like us!
Follow us!
Connect us!
Watch us!

बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुदै, आर्मी र मछिन्द्र भिड्दै

अर्थ संसार

सोमबार, १९ फागुन २०८१, ०८ : ३८ मा प्रकाशित

बुफोनको उपस्थितिमा केपी ओली कपको फाइनल हुदै, आर्मी र मछिन्द्र भिड्दै

केपी ओली कपको आज फाइनल खेल हुदै छ । 

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने फाइनलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधिका लागि भिड्दै छन् ।

मछिन्द्र क्लबले शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन आइतबार नै काठमाडौँ आइपुगेका छन् । आजको फाइनलमा बुफोनको विशेष उपस्थिति हुने भएको छ । फाइनल खेलअघि दशरथ रंगशालामा सांगेतिक प्रस्तुति समेत हुने आयोजक राष्ट्रिय युवा संघ नेपालले जानकारी दिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको