Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरिको कवाड कारखानामा आगलागी

अर्थ संसार

शुक्रबार, २३ फागुन २०८१, १० : ४१ मा प्रकाशित

चन्द्रागिरिको कवाड कारखानामा आगलागी

चन्द्रागिरि नगरपालिका-१० बोसीगाउँमा रहेको आरएमबी प्लास्टिक प्याकेजिङ हाउसमा आज बिहान आगलागी भएको छ। पुष्पा श्रेष्ठ र रमेश पोदारद्वारा सञ्चालित उक्त कवाड कारखानामा लागेको आगो नियन्त्रणमा आइसकेको छ।

आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको छ। आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए। कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए।  आगो निभाउन सातवटा दमकल र १५ पानी ट्याङ्कर परिचालित गरिएको थियो। चन्द्रागिरि नगरपालिका, बालाजु, विशाल बजार, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका र बौद्ध रामहिटीबाट दमकल पठाइएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको