सहकारी ठगी आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष ह्नुच्छेबहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा महर्जनलाई नियन्त्रणमा लिएको हो।
उक्त सहकारीमा महर्जनले बचतकर्ता तथा सेयरधनीहरूको ठूलो परिमाणको रकम आफ्नो स्वार्थका लागि दुरुपयोग गरेको आरोप छ।
अहिले महर्जनविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस