इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आणविक कार्यक्रममा वार्ताको माग गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रको जवाफ दिएका छन् ।
ट्रम्पले तेहरानलाई पठाएको पत्रको जवाफ दिदै खामेनीले इरानले 'धम्की दिने सरकारहरू' सँग वार्ता नगर्ने बताएका छन् । ट्रम्पले पत्रमार्फत इरानले आणविक सम्झौताको वार्ता गर्न सहमत भएन भने उसले सैन्य कारबाहीको सामना गर्न सक्ने चेतावनी दिएका थिए ।
संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले उनको सरकारले हालैका वर्षहरूमा आफ्नो आणविक कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएका छन् ।
ट्रम्पले इरानको आणविक कार्यक्रमलाई अगाडि बढ्नबाट रोक्नको लागि नयाँ सम्झौता गर्न चाहेको बताएका छन् । शुक्रबार ट्रम्पले इरानलाई वार्ताको मौका दिएको र अन्यथा उसको आणविक कार्यक्रमलाई लक्षित गर्न सकिने बताएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस