Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्र ‘होस्टेल ३’ लाई दर्शकको साथ कस्तो ?

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, १५ : ३३ मा प्रकाशित

चलचित्र ‘होस्टेल ३’ लाई  दर्शकको साथ कस्तो ?

शुक्रबारबाट रिलिज भएको फिल्म ‘होस्टेल ३’ ले उत्साहजनक व्यापार गरेको छ।   फिल्म 'होस्टेल–३' शुक्रबारदेखि देशभरका हलहरूमा प्रदर्शनरत छ। आइतबारसम्म फिल्मले राम्रै व्यापार गरेको छ। 

चलेका कलाकार, ब्यानर र निर्माताको फिल्मलाई समेत कमाउन धौ धौ परिरहेको बेला डेब्यु निर्देशक, त्यसमा पनि सबै नयाँ अनुहारका कलाकारले अभिनय गरेको फिल्मले घरेलु बक्सअफिसमा सुखद डेब्यु गरेको हो ।

फिल्मले प्रदर्शनको ३ दिनमा १ करोड ४६ लाख ग्रस कमाइ गरेको चलचित्र विकास बोर्डको बक्सअफिसमा उल्लेख छ ।

सशान कँडेल ‘सन्तोष’ निर्देशित फिल्ममा कलाकार पारस बम ‘कुल ब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी लगायतको अभिनय  छ । फिल्मको लगानी २ करोड रुपैयाँ बताइएको छ । 

माधव शर्माले फिल्मको पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन्। चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सहनिर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको