जिली होल्डिङ्ग समूहको रिड्डारा RD6 ले 2025 को सर्वश्रेष्ठ EV पिकअप अवार्ड थाइल्यान्डमा जितेको छ ।
जसले यसलाई पहिलो इलेक्ट्रिक पिकअपको रूपमा यो सम्मान प्राप्त गर्ने माइलस्टोन बनाएको छ। यो पुरस्कार RD6 को नवप्रवर्तन र दिगोपनामा विश्वास थप्दै, यसलाई नयाँ ऊर्जा पिकअप क्षेत्रमा एक अग्रणी बनाउँछ।
रिड्डारा RD6 को लन्च र ग्राहक प्रतिक्रिया
नेपालमा रिड्डारा RD6 लाई 2024 को NADA अटोशोमा लन्च गरिएको थियो, जहाँ यसले ग्राहकहरुको राम्रो प्रतिक्रिया पाएको थियो ।
नेपालमा रिड्डारा RD6 : CG मोटर्सले नेपालमा रिड्डारा RD6 को प्रस्तुतिका साथ अत्याधुनिक प्रविधि र उपयोगिता ल्याएको छ। जिलीको राडार ब्राण्ड अन्तर्गत विकास गरिएको RD6 मल्टीप्लेक्स अट्याच्ड आर्किटेक्चर (MAP) मा निर्माण गरिएको हो, जुन सस्टेनेबल एक्सपिरियन्स आर्किटेक्चर (SEA) प्लेटफर्ममा आधारित छ।
मुख्य विशेषताहरु: 200 किलीवाट पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर (PMSM) जसले 272 PS र 384 Nm टोक प्रदान गर्दछ। ब्याट्री र दायरा: 63 किलोवाट घण्टा लिथियम आयरन फॉस्फेट ब्याट्री जसको NEDC- दावी गरिएको दायरा 377 किमि छ। चार्जिङ: 7.2 किलीवाट AC चार्जिङ, 0-100% मात्र 9.5 घण्टामा। व्हीकल-टु-लोड (V2L): 6kW सम्मको बाह्य उपकरणलाई शक्ति प्रदान गर्न सक्षम। उन्नत ग्राउन्ड क्लियरन्स: 225 मिमी, जुन ICE पिकअपहरूभन्दा 20% बढी छ। Cargo स्पेस: 1,200 लिटर, जसमा पावर सॉकेटहरू समावेश छन्। प्रिमियम इन्टेरियर्स: लेदर-र्याप्ड स्टीयरिङ ह्वील, लेदरटे सीटहरू, 12.3 इन्चको इन्फोटेनमेन्ट स्क्रिन, र 10.25 इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर। आकार: 5260 मिमी (लम्बाइ) x 1900 मिमी (चौडाइ) x 1865 मिमी (उचाइ), 3120 मिमी व्हीलबेस।सस्पेन्सन: म्याकफर्सन स्ट्रट (अगाडि) र मल्टि-लिंक (पछाडि)।
नेपालभर 22 सर्भिस सेन्टरहरु सहित, CG मोटर्सले उत्कृष्ट बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको पहुँच सुनिश्चित गरेको छ। त्यसैगरी, 240 प्लस चार्जिङ स्टेसनहरूसँग, रिड्डारा RD6 ले नेपालमा सहज रुपमा चार्जिङको सुविधा पाउछ । जसले यसलाई अन्य ब्राण्डहरू भन्दा प्रतिस्पर्धामा अरुभन्दा माथी राख्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस