Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियम आईपीओको तयारीमा जगदम्बा स्टिल्स- वार्षिक व्यापारमा ९ अर्बको गिरावट,कम्पनीको समग्र वित्तीय अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २८ फागुन २०८१, १२ : ३२ मा प्रकाशित

प्रिमियम आईपीओको तयारीमा जगदम्बा स्टिल्स- वार्षिक व्यापारमा ९ अर्बको गिरावट,कम्पनीको समग्र वित्तीय अवस्था कस्तो ?

 प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारीमा रहेको जगदम्बा स्टिल वित्तीय सूचकहरुमा कमजोर देखिएको छ ।  जगदम्बा स्टिल्सले सन् २०२४ मा २९ अर्ब ७२ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा २४.६० प्रतिशत कम हो । सन् २०२३ मा यस कम्पनीले ३९ अर्ब ४३० रुपैयाँ र सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

२०२५ को पहिलो त्रैमाशमा जगदम्बाले ५ अर्ब ६६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको डण्डी  गरेको थियो ।

आर्थिक गतिविधि सुस्त हुँदा उद्योगको व्यापारमा गिरावट आएको जगदम्बाले जनाएको छ । पछिल्लो तीन वर्षको वित्तीय विवरण हेर्दा जगदम्बा स्टिलको  कारोबार घट्दै गएको देखिएको छ । यस अवधिमा जगदम्बाको स्टिल व्यापार झण्डै २० अर्ब रुपैयाँ घटेको छ ।

जगदम्बाको अल्पकालिन र दीर्घकालिन गरि कूल ३३ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ऋण रहेको छ । उद्योगको एक वर्षमा २ अर्ब ६३ करोड २० लाख रुपैयाँ ऋण थपिएको छ । उद्योगको इबिटा मार्जिन ७.८० प्रतिशत रहेको छ ।

१९९३ देखि सञ्चालनमा रहेको कम्पनी, शंकर समूहको लगानीमा, टीएमटी बार, पाइप र शटर प्रोफाइल उत्पादनमा अग्रणी छ।भारतको सीमा नजिकको उत्पादन स्थल र सरकारी समर्थनले निर्यात वृद्धि र लागत घटाउन सहयोग पुर्याएको छ।

जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा साधारण सेयर (आइपिओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  पुनः पुष्टि भएका कर्जा रेटिङसहित, कम्पनीले ३०० का दरले २ करोड ७ लाख कित्ता सेयर बिक्री गर्दै ६ अर्ब २ करोड १० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने योजना छ। यसले लगानीकर्तामा उत्साह बढाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको