साझा यातायातको प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त आह्वान भए पनि पर्याप्त आवेदन नपरेको पाइएको छ। साझा यातायातले गत पुस २९ गते गरेको दरखास्त आह्वानमा पर्याप्त आवेदन नपरेपछि यातायातले पुनः दरखास्त आह्वान गरेको छ।
पुनः गरिएको दरखास्त आह्वानमा आवेदन दिने म्याद आगामी २१ दिनसम्म तोकिएको छ। साझा यातायातको सीईओका लागि कम्तीमा ३ जनाको स्वीकृत आवेदन पर्नु पर्ने व्यवस्था रहेको छ।
तोकिएको संख्यामा आवेदन नपरेपछि दोस्रोपटक सूचना जारी गरिएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस