Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट एसईई परीक्षा सुरु,५ लाखभन्दा बढी विद्यार्थी सहभागी

अर्थ संसार

विहीबार, ०७ चैत्र २०८१, ०७ : ३१ मा प्रकाशित

आजबाट एसईई परीक्षा सुरु,५ लाखभन्दा बढी विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ ।

 परीक्षा बिहान ८ बजेदेखस सुरु हुने छ । यस वर्षको परीक्षामा ५ लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

त्यस्तै जापानमा रहेका नेपाली विद्यार्थी र कारागारभित्रका विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन्। जापानमा त्यहाँको समयअनुसार परीक्षा सञ्चालन हुने भएकाले छुट्टै प्रश्नपत्र पठाइएको छ।

परीक्षा सुरक्षित रूपमा सञ्चालन गर्न देशभर ३० हजार सुरक्षाकर्मी र ७७ हजार ८०० कर्मचारी खटिएका छन्। परीक्षार्थी संख्याका आधारमा काठमाडौंबाट सबैभन्दा बढी ३९ हजार ६०० विद्यार्थी सहभागी छन् भने मनाङबाट सबैभन्दा कम ४३ जना छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको नतिजा ९० दिनभित्र अर्थात् आगामी असार ७ गते सार्वजनिक गरिनेछ। नतिजा प्रकाशन हुने मिति परीक्षाअगावै तोकिएको यो पहिलो चोटी हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको