Like us!
Follow us!
Connect us!
Watch us!

२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, ११ : ३७ मा प्रकाशित

२०५६ देखि ११ र १२ कक्षा पास गर्न नसकेका विद्यार्थीले मौका परीक्षा दिन पाउने

कक्षा ११ र १२ मा भर्ना भएका तर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटकका लागि मौका परीक्षाको व्यवस्था गरेको हो । त्यसका लागि फाराम भर्न आह्वान गरेको छ । 

जसमा रजिस्ट्रेसन नम्बरको सुरुको अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएका परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् । यसर्थ २०५६ सालदेखि २०७६ सालभित्र भर्ना भई फेल भएका परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् ।

त्यस्ता विद्यार्थीहरुले सम्बन्धित विद्यालयबाट मंसिर २७ गतेभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ । त्यस्तै, त्यतिबेला सञ्चालनमा रहेका तर हाल खारेज भइसकेका वा सञ्चालनमा नरहेका विद्यालयका विद्यार्थीहरुले पनि बोर्डमा सोझै सम्पर्क राखेर आवेदन फाराम बुझाउन सक्नेछन् ।

परीक्षा केन्द्र र मिति आवेदन फारामको संख्या अनुसार पछि तोकिने पनि बोर्डले जनाएको छ ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको