राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ ।
दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्ड बताएको छ । परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।
दुई बिषय सम्म अनुपस्थिति विद्यार्थी पनि पुरक परीक्षामा सामेल हुन पाउँछन् ।
गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।
त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस