Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बैंक अन्तर्गतको आईडीए बैठक काठमाडौंमा सुरु, २०० देशका प्रतिनिधि नेपालमा

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १० : ५० मा प्रकाशित

विश्व बैंक अन्तर्गतको आईडीए बैठक काठमाडौंमा सुरु, २०० देशका प्रतिनिधि नेपालमा

आजदेखि काठमाडौंमा विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को तेस्रो बैठक सुरु भएको छ । राजधानीको सोल्टी होटलमा सुरु भएको यो बैठक विश्व बैंकले नेपालमा आयोजना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो बैठक हो ।

यो बैठकमा सहभागीताका लागि विश्वभरका २०० भन्दा बढी देशका प्रतिनिधि काठमाडौंमा आउनेछन् ।

यही बैठकका लागि विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्ग लगायतका उच्च पदाधिकारी नेपाल आइसकेका छन् ।

आज विहानदेखि सुरु भएको बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरे । प्रत्येक ३ वर्षमा आयोजना हुने आईडीएको यो तेस्रो बैठक हो । यसअघि जापानमा बैठक बसेको थियो । यो बैठकले आगामी ३ वर्षसम्मका लागि विश्वभरका न्यून आय भएका मुलुकको विकास सहायतामा लिने नीति तय गर्नेछ ।

उक्त अवसर प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्वोधन गर्दै ६ वर्षदेखि नेपाल आइडाको सक्रिय सदस्य रहेको र नेपालको पनःनिर्माणमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को अर्थपूण सहयोग भएको बताए ।

साथै नेपालको भूकम्पबाट लगायत विपत्तिमा भएको भौैतिक, आर्थिक क्षेतिहरुमा पुनःनिर्माण कार्यमा आइडाको सहयोग निकै महत्वपूर्ण रहेको र आगामी दिनहरूमा पनि यसको सहयोगको निरन्तरता जारी रहने आशा गरेको बताए । उनले भने, ‘म आग्रह गर्न चाहन्छु कि विगतमा जस्तै आइडाको सहयोगको अपेक्षा गरेका छु । नीतिगत रुपमा फ्रेमवर्क गर्न बनाउने पर्छ । तर नीतिगत रुपमा रातारात परिवर्तन गर्न सक्दैनौं । हामीले अझै धेरै काम गर्न बाँकी छ । आइडा २१लाई फोकस केन्द्रीत गर्न चाहन्छु । मुख्य प्राथमिकता मानव संशाधन, दिगो वातावरण, गरिवी निवारण, उर्जामा पहँुच, विस्तार यर सञ्जालिकरण निर्माण, डिजिटलाइजेशन म पुनः निर्माणको लागि लगानी गर्न आग्रह गर्दछु । नेपाल आज पनि विविध क्षेत्रमा जोखिम मोल्दै आएका संकटास्वथाहरु कम छैन । जलवायू प्रभाव बढ्दो छ । जलवायू परिवर्तनमा नेपालको ठूलो योगदान नभएपनि त्यसको असर नेपालालाई परिरहेको छ । हामी जलवायू न्यनिकरण पक्षमा बोलिरहेको छ । त्यसको क्षेतिपूर्तिका कुरा गरिरहेको छौं । हामी जलविद्युत, कृषि, पर्यटनलगायत भौतिक संरचनामा अझै जोडदिइरहेको छौं ।’

प्रधानमन्त्री प्रचण्डले हामी आइडाको ६ दशकभन्दा लामो प्रतिवद्ध, साझेदार देश हो । जसले लाखौंको जीवनस्तर उकास्न परिवर्तनकारी उत्प्रेरित भूमिका खेल्दै आएको छ । यस क्षेत्रमा चुनौंतीहरूको सामना गर्दै, आइडाको २१ औं पुनःपूर्ति दक्षिण एशियाको विकास र पुनः प्राप्तिको बैठक भएको अवसरमा आफू अत्यन्तै खुशी छु पनि बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको