Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय ठगी, चोरी र अपराधबाट बचौं - नेपाल राष्ट्र बैंक

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १२ : ३९ मा प्रकाशित

वित्तीय ठगी, चोरी र अपराधबाट बचौं - नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ठगीका घटना बढ्न थालेपछि सर्वसाधारणलाई सचेत गराएको छ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै वित्तीय ठगी, चोरी र अपराधबाट बच्न सयमै विचार पुर्याउन आग्रह गरेको हो ।

सस्तोमा मोबाइल पठाइदिन्छु, तपाईँलाई चिठ्ठा पर्यो, पार्सल आयो, रकम डबल हुन्छ, क्रिप्टो वा फोरेक्स किन्नुस्, नोकरी लगाइदिन्छु, लगानी गर्नुहोस् भन्नेजस्ता म्यासेज आयो वा त्यसलाई पत्याएर उसले भनेजस्तै आफ्ना गोप्य विवरण तथा नागरिकताजस्ता निजी कागजात दिएमा भने सम्पत्ति कमाउने त होइन आफूसँग भएको पनि गुमाउने अवस्था आउने केन्द्रीय बैंकल जनाएकाे छ ।

यस्ता प्रस्तावहरूमा विश्वास गरी आफ्ना गोप्य वित्तीय विवरण तथा नागरिकताको प्रतिलिपि लगायत निजी कागजात पठाएमा ठगीमा पर्ने र सम्पत्ति समेत गुमाउने केन्द्रीय बैंकद्वारा जारी सन्देशमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको