Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीमा थुप्रियो ६८ खर्ब निक्षेप,कस्तो छ कर्जा विस्तारको अवस्था ?

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, १३ : ०१ मा प्रकाशित

बैंकिङ प्रणालीमा थुप्रियो ६८ खर्ब निक्षेप,कस्तो छ कर्जा विस्तारको अवस्था ?

बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको आकार ६८ खर्ब नाघेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गतेसम्म वाणिज्य बैंक,विकास बैंक तथा फाइनान्स कम्पनीहरुद्वारा संकलित निक्षेप  ६८ खर्ब रुपैयाँ पुगेको  छ । चैत १९ गते बैंकहरूको निक्षेप ६७ खर्ब ९०अर्ब रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी खासै सुधार हुन सकेको छैन । केन्द्रीय बैंकका अनुसार चैत २० गतेसम्म ६८ खर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाहरुले ५४ खर्ब ८० अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् ।  

यस्तै, चैत १९  गते ६० खर्ब ६३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप भोलिपल्ट बढेर ६० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा पनि वृद्धि देखिएको छ । यस्तै, २० गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४ अर्बले बढ्दै ४८ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । 

तथ्यांकअनुसार सो समयमा औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ३९.३४ प्रतिशत र अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।

यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ४० अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरुले पनि लगानीमा कडाई गर्दा निक्षेप थुप्रिन पुगेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको