Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी घोषणापछि जापानको निक्केइ १०% माथि, एसियाली बजारमा उत्साहको लहर

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, ०८ : ४१ मा प्रकाशित

अमेरिकी घोषणापछि जापानको निक्केइ १०% माथि, एसियाली बजारमा उत्साहको लहर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बाहेकका सबै मुलुकहरूका लागि उच्च ट्यारिफमा ९० दिनको अस्थायी विरामको घोषणा गरेसँगै बिहीबार एसियाली बजारहरूमा तीव्र उकालो देखिएको छ। वॉल स्ट्रीटको वर्षौं यताकै सबैभन्दा ठूलो एकदिने उकालोपछि एसियाली बजार खुलेको हो।

अमेरिकाबाट ट्यारिफमा विश्राम, चीनमाथि अझै दबाब

ट्रम्पले चीनबाट हुने आयातमा ट्यारिफ बढाएर १२५ प्रतिशत पुर्‍याउने निर्णय लिँदै अन्य मुलुकहरूमाथि लाग्दै आएको शुल्कमा ९० दिनको अस्थायी रोक लगाउने घोषणा गरे। यस निर्णयले लगानीकर्तामा आशा जागाएको छ र बजार उत्साहित देखिएका छन्।

एसियाली बजारमा तीव्र वृद्धि

जापानको निक्केइ सूचकांक बिहीबार बिहानको कारोबारमा १०% भन्दा बढीले उकालो लागेको थियो। सो सूचक ७.३८% ले माथि पुगेको छ भने व्यापक टोपिक्स (Topix) सूचक ७.१२% ले बढेको छ।

दक्षिण कोरियाको कोस्पी (Kospi) सूचक ५.४% ले उकालो लाग्दा कोसडाक (Kosdaq) ४.६१% ले उचालियो।

अष्ट्रेलियाको S&P/ASX 200 को फ्युचर्स सूचक ७% ले उकालो लाग्ने संकेत दिइएको छ, जुन मार्च २०२० यताकै सबैभन्दा ठूलो एकदिने वृद्धि हुनेछ। हङकङको ह्याङसेंग सूचक सूथुकै अवस्थामा खुल्ने संकेत देखिएको छ।

अमेरिकी बजारमा ऐतिहासिक उकालो

अमेरिकी शेयर बजारले ट्यारिफ विश्रामको घोषणापछि ऐतिहासिक उकालो अनुभव गर्यो।

  • डाउ जोन्स २,९६२.८६ अंकले (७.८७%) उकालो लागेर ४०,६०८.४५ मा पुगेको छ।

  • एस एन्ड पी ५०० सूचक ९.५२% ले उकालो लाग्दै ५,४५६.९० मा पुगेको छ, जुन २००८ को आर्थिक संकटपछिको सबैभन्दा ठूलो एकदिने वृद्धि हो।

  • नासडाक कम्पोजिट सूचक १२.१६% ले बढेर १७,१२४.९७ मा पुगेको छ, जुन जनवरी २००१ यताकै उच्च वृद्धि हो।

  • साना कम्पनीहरुको प्रतिनिधित्व गर्ने रसेल २००० सूचक पनि ८.६६% ले उकालो लाग्यो।

भारतीय बजार आज बन्द

त्यसैगरी भारतको सेयर बजार आज, अप्रिल १० तारिख महावीर जयन्तीको अवसरमा बन्द रहनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको