अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश देशहरूमाथिको कडा ट्यारिफ अस्थायी रूपमा स्थगन गरेपछि बिहीबार बिहानको कारोबारमा युरोपेली सेयर बजारमा तीव्र सुधार देखिएको छ।
फ्रान्कफर्टको डेक्स सुचकांक ७ प्रतिशतले उछालिएर २१,१२४.४४ विन्दुमा पुग्यो भने, पेरिसको काक ४० सूचकांक ७.३ प्रतिशतले वृद्धि भई ७,३६२.०६ विन्दुमा र लन्डनको एफटिएसे १०० सूचकांक ५.३ प्रतिशतले बढेर ८,०८९.७२ विन्दुमा पुगेको छ। यो सुधार वाल स्ट्रिट र एसियाली बजारमा आएको सुधारको असर पनि हो।
यसअघि बुधबार ट्रम्पले लागु गरेका कडा ट्यारिफका कारण युरोपेली बजार झण्डै ३ प्रतिशतले घटेको थियो। त्यसपछि चीनले पनि अमेरिकी सामानमाथि प्रतिशोधस्वरूप उच्च ट्यारिफ लागू गरेको थियो।
तर युरोपेली बजार बन्द भएपछि ट्रम्पले पछिल्लो निर्णय फिर्ता लिँदै, चीन बाहेक अन्य सबै देशहरूमाथिको उच्च ट्यारिफ स्थगन गर्ने घोषणा गरे।
यद्यपि, ट्रम्पले अझै पनि १० प्रतिशतको न्यूनतम ट्यारिफ कायम राखेका छन् र चीनमाथि थप कठोर नीति अपनाउँदै ट्यारिफ १२५ प्रतिशतसम्म बढाएका छन्।
डोइच बैंकको विश्लेषणमा भनिएको छ, "यो निर्णयले बजारमा केही राहत त दिएको छ, तर नीतिगत अनिश्चितताको जिनी अब बोतलबाट बाहिर निस्किसकेको छ।"
"१० प्रतिशतको न्यूनतम सार्वभौमिक ट्यारिफ विगत कै दशकको सबैभन्दा ठूलो वृद्धि हो र यसले व्यापार क्षेत्रको भविष्य अझै अनिश्चित बनाएको छ," विश्लेषणमा उल्लेख छ।
स्विसक्वोट बैंककी वरिष्ठ विश्लेषक इपेक ओजकार्देस्कायाका अनुसार, अमेरिकी सरकारी ऋणपत्रहरूको विक्रि दबाब (fire sale) नै ट्रम्पको लागि ‘रेड लाइन’ सावित भयो।
"यूएस ट्रेजरीको आगोझैँ बिक्रीले ट्रम्पमाथि यति धेरै दबाब सिर्जना गर्यो कि अन्ततः उनी पनि थाम्न नसक्ने अवस्थामा पुगे," उनले भनिन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस