Like us!
Follow us!
Connect us!
Watch us!

विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ - गगन थापा

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १३ : १८ मा प्रकाशित

विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ - गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान आर्थिक समस्याको जड विचौलियाहरू भएको आरोप लगाएका छन्।

उनले मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको शयनकक्षसम्म विचौलियाहरूको पहुँच भएको भन्दै नेतृत्व तहमै उनीहरूको प्रभाव बढेको बताएका छन्।

थापाले भने, ‘प्राइभेट सेक्टर र विचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको विचौलियाको कारणले हो। विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। विचौलियाको क्यान्डिडेट’ भनेर खुलेआम छलफल हुने अवस्था देखिएकोप्रति चिन्ता व्यक्त गरे। पहिला गभर्नर यसले बनाउला कि त्यसले बनाउला भन्ने चर्चा हुन्थ्यो। अब त विचौलियाको क्यान्डिडेट भनेर खुल्लम खुल्ला बहस हुन्छ।’

महामन्त्री थापाले देशमा आसेपासेलाई पोस्ने प्रवृत्ति हावी भइरहेको उल्लेख गर्दै त्यो पुँजीवादी व्यवस्थाको मर्म विपरीत रहेको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको