नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले गगन थापा अन्यत्र कतैबाट सञ्चालित छन् भन्ने गिरिजा प्रसाद कोइरालाको भनाइ अहिले आएर पुष्टि भइरहेको दाबी गरेका छन् । बिपी स्मृति दिवसको अवसरमा कांग्रेसको इतरपक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले गगन थापा आर्थिक रुपमा पनि भ्रष्ट र बाह्य गिरोहबाट सञ्चालित व्यक्ति रहेको आरोप लगाए ।
कार्कीले गगन थापा र उनको समूहले प्रष्ट कांग्रेस र भ्रष्ट कांग्रेस भनेर कित्ताकाट गरे पनि वास्तवमा गगनले कहाँबाट को परिचालन गरेर पैसा उठाउँछन् भन्ने आफूहरुले थाहा पाएको दाबी गरे । उनले गगनले नियुक्त गरेका उपकुलपतिले कसरी ज्यान दिए भन्ने कारण पनि थाहा रहेको बताए । कार्कीले अलग पार्टीका लागि भने पनि तयार हुन नेतृत्वलाई आग्रह गरेका थिए ।
उनले भने, ‘हामी अहिले सम्झिन्छौं,गिरिजाप्रसाद कोइरालाले त्यसबेला भनेको कुरा गगन थापा कहिँबाट सञ्चालित छन् भन्ने प्रमाणित हुँदै छ । नाङ्गो आँखाले देखिदै छ । त्यसबेला गिरिजाबाबुको विरुद्ध उनीहरुले कपाल खौरेर विरोध गरेको बिर्सन हुँदैन ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस