नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन शाह र सत्तारूढ रास्वपा सभापति रवि लामिछानेलाई मेन्सन गर्दै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। गणेश नेपालीको आत्मदाहको घटनालाई लिएर सामाजिक सञ्जाल एक्समा लेख्दै उनले वर्तमान सरकार आशको नभई त्रासको प्रतीक बन्दै गएको आरोप लगाएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘नागरिक फ्रस्टेसन’ को प्रतिनिधि रूप हो गणेश नेपालीको आत्मदाह ! हामी पुराना गएर, नयाँ’ आएपछि पनि समाजमा ‘होप क्रिएट’ किन हुन सकिरहेको छैन, गहिराइमा गहन दृष्टि जरूरी छ ! प्रधानमन्त्री गम्भीरताप्रति गम्भीर बन्नोस्, समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न ।’
हिजो प्रेम आचार्यलाई जीवनको आशमा बाँध्न नसकेको स्मरण गर्दै शर्माले अहिलेको छोटो समयमै नागरिकमा किन यति धेरै निराशा छ भनी प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘आज गम्भीर `फ्रस्टेसन´ किन यति छोटो समयमा ? सब ठिकठाक भइरहेको छ, हिजो हाम्रा शीर्षले सोचे परिणाम नकारात्मक निक्लियो । रवि लामिछाने ठिकठाक भइरहेको दृश्य हो यो ? सरकार आशको होइन त्रासको प्रतीक किन बन्दैछ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस