नेपाली कांग्रेसले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहलाई उनी काठमाडौंको मेयर हुँदा लेखेको फेसबुक स्टाटसको स्मरण गराएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले विगतमा बालेन शाहले मेयर छँदा आत्मदाहका घटनालाई लिएर राज्यमाथि प्रश्न उठाएको उल्लेख गर्दै अहिले आफैँ सत्ताको नेतृत्वमा पुग्दा भने त्यही प्रश्नको जवाफ दिनबाट भागेको टिप्पणी गरिन्।
उनले नागरिकहरू देशमै चरम निराशाका कारण आत्मदाह गर्न बाध्य भइरहँदा सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन्।
उनले भनिन्, ‘प्रेम आचार्यले नयाँ बानेश्वर संसद् भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नुभएको स्टाटस आज पनि सम्झिनुभएको छ कि बिर्सिनुभयो प्रधानमन्त्री ज्यु? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलता माथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिनबाट किन टाढा हुनुहुन्छ ?’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस