Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ - उपप्रधानमन्त्री सिंह

अर्थ संसार

बुधबार, ०३ बैशाख २०८२, १२ : ४७ मा प्रकाशित

अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ - उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।

जहदा र कटहरी जोड्ने पक्की पुल बुधबार उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले सो कुरा बताएका हुन् ।

सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवत–जावतमा सहजता थपिने विश्वास छ । ‘यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकी सहज हुने र आर्थिक गतिविधि पनि बढ्ने विश्वास लिएको छु’, पुल उदघाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको