देशभर जारी शिक्षक आन्दोलनले गर्दा यही वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा अन्योलमा परेको छ। यस्तै परिस्थितिमा राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बिहान बस्दैछ, जसले परीक्षा हुने–नहुनेबारे निर्णय लिने अपेक्षा गरिएको छ।
शिक्षकहरू शैक्षिक हड्ताल गर्दै काठमाडौंमा आन्दोलनमा उत्रिएका छन्। विद्यालयहरू बन्द छन् र परीक्षा तयारीमा खटिनुपर्ने शिक्षकहरू आन्दोलनमै रहेको कारण परीक्षा सञ्चालन गर्न कठिन भइरहेको छ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, आजको बैठकमा परीक्षा तालिकाको कार्यान्वयन सम्भव छ कि छैन भन्नेबारे गम्भीर छलफल हुनेछ।
उता, शिक्षकहरूको आन्दोलन चर्कंदै जाँदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्रीको राजीनामापछि शिक्षा मन्त्रालयको नेतृत्वसमेत खाली हुँदा परिस्थिति झनै जटिल बनेको छ।
परीक्षाको मिति नजिकिँदै जाँदा बोर्ड बैठकले स्पष्ट निर्णय लिने अपेक्षा गरिएको छ, जसतर्फ विद्यार्थी, अभिभावक र शिक्षकहरू सबैको नजर केन्द्रित भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस