Like us!
Follow us!
Connect us!
Watch us!

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जना विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, ११ : ०७ मा प्रकाशित

कक्षा १२ को नतिजा सार्वजनिक, ७ हजार ६३ जना विद्यार्थीले ल्याए ‘ए प्लस’ ग्रेड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेकाे बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे हाे ।

 परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ १ लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसै गरी आंशिकतर्फ १ लाख २३ हजार १२१ परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माले बताएका छन् ।

७ हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’, ४० हजार २३९ जना परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५ सय ५३ जना परीक्षार्थीले 'बी,  ७५ हजार ८८ जना परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५ सय १५ जना परीक्षार्थीले ‘सी’, ३ हजार ८ सय ७५ परीक्षार्थीले ‘डी प्लस’, २ सय ९६ जना परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका बाेर्डले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको