Like us!
Follow us!
Connect us!
Watch us!

रेशमलाई ५ घण्टा थुनेर राज्य विजेताको रुपमा बसिरहेको छ - महन्थ ठाकुर

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १२ : ०५ मा प्रकाशित

रेशमलाई ५ घण्टा थुनेर राज्य विजेताको रुपमा बसिरहेको छ - महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई पक्राउ गरेकोमा राज्यले जितेको महसुस गरेको अनुभूत भएको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘रेशम चौधरी र सिकेराउतमाथि जुन व्यवहार भएको छ । त्यो जानेको, देखेकै हो’ उनले भने ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

अध्यक्ष ठाकुर अगाडि भन्छन्, ‘यस किसिमको व्यवहारले हामीले न्याय कहाँ पाउने ? राज्य विजेताको रुपमा बसिरहेको छ ।’ बिना कारण रेशम चौधरीलाई पक्राउ गरिएको उनको आरोप छ । ‘कुनै कारण छैन पक्राउ गर्‍यो । ५ घण्टा जेलमा राखिदियो,’ उनले भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको