Like us!
Follow us!
Connect us!
Watch us!

ट्रेड टावरको आईपीओमा कहिलेसम्म आवेदन दिन सकिन्छ ?

अर्थ संसार

आइतबार, २१ बैशाख २०८२, १३ : ५७ मा प्रकाशित

ट्रेड टावरको आईपीओमा कहिलेसम्म आवेदन दिन सकिन्छ  ?

ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि निष्कासन गरिरहेको पहिलो चरणको आईपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिने छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गरिएको हो। यसमा आवेदकले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन भोलि (वैशाख २२ गते) बैंकिङ समयसम्म मात्रै दिन सकिने छ।

कम्पनीको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको