Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर नियुक्त गर्न नसकेको देख्दा जनताको मन मस्तिष्कमा सरकार ढलिसक्यो - प्रचण्ड

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, १५ : ३९ मा प्रकाशित

गभर्नर नियुक्त गर्न नसकेको देख्दा जनताको मन मस्तिष्कमा सरकार ढलिसक्यो -  प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्त गर्न नसकेको देख्दा दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन्।

सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा संसद्बाट प्रचण्डले यस्तो बताएका हुन् ।

‘एक महिना बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न सक्नुभएको छैन । दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ प्रचण्डले भनेका छन् । प्राविधिक रुपमा अहिलेको सरकार नढलेको भए पनि जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो भएको बताए ।

‘प्राविधिक रुपमा त अहिले सरकार ढलेको छैन । तर साँच्चै जनताको मन मस्तिष्कमा यतिबेला नैतिक रुपमा भन्ने हो भने सरकार छैन, ढलिसकेको छ,’ उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको