Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको एजीएम चितवनमा,जेठ ८ मा बुक क्लोज

अर्थ संसार

सोमबार, २२ बैशाख २०८२, ०८ : १९ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको एजीएम चितवनमा,जेठ ८ मा बुक क्लोज

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा आउँदो जेठ १६ गते गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा चितवनको भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे बोलाउने निर्णय गरेको हो।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षबाट पेस हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन स्वीकृत गरिनेछ। साथै, उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा आवश्यक अनुसूचीसहितको वित्तीय विवरण अनुमोदन गरिनेछ।

यस्तै, सभाबाट चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरिनेछ। साथै, सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि गरिने कार्यक्रम रहेको छ।

सभाले सञ्चालकहरूको बैठक भत्ता, भ्रमण भत्ता तथा अन्य सेवासुविधा स्वीकृत गर्नुका साथै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको खर्च पनि अनुमोदन गर्नेछ।

यसैबीच, कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ, जेठ ८ गतेसम्म कायम सेयरधनीहरू मात्र साधारणसभामा भाग लिन तथा मतदान गर्न योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको