Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, २६ चैत्र २०८१, ११ : १७ मा प्रकाशित

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

संस्थाले संस्थाका केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ५ हजार ७९० कित्ता सेयर  बिक्रीमा ल्याएको हो ।

सेयरमा हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद आवेदन दिन पाउनेछन् । सो सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बनेपास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको विवरण खुलाई निवेदन दिनु पर्नेछ।

संस्थाले तोकिएको यस म्याद भित्र संस्थापक सेयरधनीबाट सो सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणलाई बिक्री गरिने संस्थाको भनाई छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको