Like us!
Follow us!
Connect us!
Watch us!

नीति तथा कार्यक्रमले आशा र उत्साह ल्याएको छ - महेश बर्तौला

अर्थ संसार

आइतबार, २८ बैशाख २०८२, १२ : ३४ मा प्रकाशित

नीति तथा कार्यक्रमले आशा र उत्साह ल्याएको छ - महेश बर्तौला

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले देशमा व्याप्त रहेको निराशा हटाउन, जनतामा आशा र उत्साह ल्याएको बताएका छन् । आज सदनमा बोल्दै बर्तौलाले यस्तो बताएका हुन् ।

उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले प्रगतिशील,व्यावहारिक र जनमुखी भएको बताए ।

नीति तथा कार्यक्रमका पक्षमा संसद्मा सकारात्मक ढङ्गले सक्रिय र प्रभावकारी भूमिका निभाउन सत्तारुढ र विपक्षी सांसदहरूलाई उनको आग्रह थियो ।देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान र देश तथा जनताको हितलाई केन्द्रमा राखी विकास, समृद्धि, सुशासन र सेवा प्रवाहलाई महत्त्व दिएर नीति तथा कार्यक्रम आएको उनको भनाइ थियो।

नीति तथा कार्यक्रमको विपक्षमा बोल्दै आएका माओवादी केन्द्रप्रति उनले व्यङ्ग गर्दै जस्तोसुकै राम्रो पक्षलाई पनि आलोचना गर्ने खराब चरित्रबाट मुक्त हुनुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको