Like us!
Follow us!
Connect us!
Watch us!

टेस्ट क्रिकेटबाट बिदाइपछि विराट कोहली १०५० करोडको ब्रान्ड आइकन बने – खेलमैदानभन्दा बढी कमाइ ब्रान्ड र लगानीबाट

अर्थ संसार

मंगलबार, ३० बैशाख २०८२, ०८ : १३ मा प्रकाशित

टेस्ट क्रिकेटबाट बिदाइपछि विराट कोहली १०५० करोडको ब्रान्ड आइकन बने – खेलमैदानभन्दा बढी कमाइ ब्रान्ड र लगानीबाट

भारतीय क्रिकेटका सबैभन्दा सफल र प्रभावशाली खेलाडीमध्येका एक विराट कोहलीले टेस्ट क्रिकेटबाट अवकाशको घोषणा गरेका छन्। इंग्ल्यान्डविरुद्धको पाँच टेस्टको श्रृंखलाअघि उनले यो निर्णय लिएका हुन्। तर कोहलीको यात्रा केवल क्रिकेट मैदानमै सीमित छैन – आज उनी भारतको सबैभन्दा महँगो ब्रान्ड फेस, लगानीकर्ता र व्यवसायिक आइकन बनिसकेका छन्।

टाइम्स नाउका अनुसार कोहलीको हालको कूल सम्पत्ति ₹१०५० करोड पुगेको छ। यो सम्पत्तिको अधिकांश हिस्सा उनी खेल खेलेर होइन, ब्रान्ड एन्डोर्समेन्ट, व्यवसायिक साझेदारी र लगानीबाट कमाउँदै आएका छन्। आज विराट कोहली ३० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका अनुबन्धित अनुहार हुन्। एमआरएफसँगको ब्याट सम्झौताबाट मात्रै उनले ८ वर्षमा ₹१०० करोड कमाएका छन्। त्यस्तै प्यूमा (Puma) सँगको आठ वर्षे डिलबाट उनले ₹११० करोडको कमाइ गरेका छन्। अडी इण्डियाबाट मात्र उनको आम्दानी ₹५ करोड छ।

कोहली ब्रान्डको ताकत केवल प्रचारमा सीमित छैन, उनी आफैं व्यवसायमा पनि अग्रसर छन्। प्यूमासँग मिलेर उनले One8 नामक लाइफस्टाइल ब्रान्ड सञ्चालन गरेका छन् जसअन्तर्गत परिधान, सुगन्ध र One8 Commune क्याफे चेन सञ्चालन भइरहेको छ। साथै, युवालाई लक्षित गर्दै उनले WROGN ब्रान्डमा लगानी गरेका छन्। उनीले Chisel Fitness नामक जिम चेनमा ₹९० करोड बराबरको लगानी गरेका छन् भने Nueva नामक उच्चस्तरीय रेस्टुरेन्टमा पनि उनको स्वामित्व छ।

स्टार्टअप र टेक्नोलोजीको दुनियाँमा पनि कोहली सक्रिय छन्। उनले Blue Tribe, Rage Coffee, Digit Insurance र Sport Convo जस्ता कम्पनीहरूमा लगानी गरेर आफूलाई इनोभेटिभ उद्यमीको रूपमा स्थापित गरिसकेका छन्। त्यस्तै, खेलकुद फ्रेन्चाइजहरूमा पनि उनको हिस्सेदारी छ। उनले भारतीय सुपर लिगको एफसी गोवा, अन्तर्राष्ट्रिय टेनिस लिगको युएई रोयल्स र प्रो रेसलिङ लिगको बेंगलुरु योद्धाजमा लगानी गरेका छन्।

उनको जीवनशैली पनि उनको ब्रान्ड मूल्यसँग मेल खान्छ। गुड़गाँवस्थित १०,००० वर्गफुटको आलिशान बंगला जसको मूल्य ₹८० करोड छ र मुम्बईको समुन्द्रतटीय अपार्टमेन्ट जसको मूल्य ₹३४ करोड रहेको छ – यी सम्पत्तिहरू विराट कोहलीको व्यक्तित्व, कमाइ र जीवनशैलीको प्रमाण हुन्।

टेस्ट क्रिकेटमा १४ वर्ष लामो करिअर बिताएका कोहलीले १२३ खेलमा ९,२३० रन बनाएका छन्। औसत ४६.८५ रहेको रेकर्डमा ३० शतक र ३१ अर्धशतक सामेल छन्। तर आजको युगमा कोहलीको मूल्य केवल रनबाट मात्र होइन, बजारमा उनको उपस्थितिबाट पनि निर्धारण हुन्छ।

उनको टेस्ट करिअर सकिए पनि विराट कोहली एक यस्तो नाम बनेका छन्, जो अब भारतको खेल, ब्रान्ड र लगानीको सबैभन्दा शक्तिशाली अनुहारको रूपमा लामो समयसम्म प्रभावशाली रहनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको