Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा अधिक तरलता, आज फेरी ५० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

बुधबार, ०७ जेठ २०८२, ११ : ०८ मा प्रकाशित

बैंकिङ क्षेत्रमा अधिक तरलता, आज फेरी ५० अर्ब  तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंक लगातार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै प्रणालीबाट पैसा खिचिरहेको छ। सोही क्रममा, राष्ट्र बैंकले आज (जेठ ७ गते) मात्रै ५० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ।

तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले आज दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत निक्षेप संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्म भाग लिने प्रस्ताव राख्न सकिनेछ। बोली गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्नुपर्नेछ।

बोलकबोल ब्याजदरका आधारमा हुनेछ, र यसमा बहुब्याजदरसमेत प्रस्ताव गर्न सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

स्वीकृत बोलपत्रअनुसार रकम काउण्टरपार्टी बैंकको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरिनेछ र संकलित निक्षेप छुट्टै खातामा जम्मा गरिनेछ। यदि कुनै काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभएमा, त्यसलाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले यो कदम बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्न र अत्यधिक तरलता नियन्त्रणमा ल्याउन उठाएको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको