अमेरिकाको राजधानी वासिङ्टन डीसीमा इसरायली दूतावासका दुई कर्मचारीको गोली हानी हत्या भएको छ। स्थानीय समयअनुसार बुधबार राति ९:०५ बजे यहुदी संग्रहालय बाहिर एक युवक र एक युवतीमाथि गोली प्रहार गरिएको हो। हत्या भएका दुवै छिट्टै विवाह बन्धनमा बाँधिन लागेका थिए।घटना ह्वाइट हाउसबाट झण्डै २ किलोमिटर दूरीमा भएको हो। गोली चलाउने ३० वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनी सिकागोका रहेको र पक्राउको क्रममा प्यालेस्टिनी पक्षमा नाराबाजी गरिरहेको जनाइएको छ। प्रहरीका अनुसार ती युवकले चार जनामाथि गोली चलाएका थिए। घटनाप्रति अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र इसरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दुःख व्यक्त गरेका छन्। ट्रम्पले दोषीलाई कडा कारबाही हुने बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस