भारतको राजधानी दिल्लीमा प्रहरीले स्लिपर सेल नेटवर्क भत्काउने गुप्त अपरेशनका क्रममा एक नेपाली नागरिक अन्सरूल मियाँ अन्सारीसहित दुई जना एजेन्टलाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार, दिल्ली प्रहरीले जनवरीदेखि मार्चसम्म चलाएको गोप्य अपरेशन अन्तर्गत उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूबाट गोप्य कागजातहरू बरामद गरिएको पनि उल्लेख छ।
पक्राउ परेका अन्सारी पाकिस्तानी गुप्तचर संस्था आइएसआईसँग संलग्न रहेको आरोप छ। आइएसआईले उनलाई नेपाल हुँदै दिल्ली पठाएको र गोप्य सूचनाको सिडी बनाएर पाकिस्तान पुर्याउने जिम्मा दिएको बताइएको छ।
अन्सारीले प्रहरीसँगको सोधपुछमा आफू कतारमा ट्याक्सी चलाउँदा आइएसआई सम्पर्कमा आएको र तालिमका लागि पाकिस्तान लगिएको स्वीकारेको भारतीय प्रहरी स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।हाल दुवै जना पक्राउ परेका व्यक्तिहरूलाई दिल्लीको तिहाड जेलमा राखिएको छ। दिल्ली प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस