Like us!
Follow us!
Connect us!
Watch us!

तीन लाख घुस लिदा लिदै प्रहरी सहायक निरिक्षक अख्तियारको फन्दामा

सोमबार, ०८ माघ २०७४, १६ : ४८ मा प्रकाशित

तीन लाख घुस लिदा लिदै प्रहरी सहायक निरिक्षक अख्तियारको फन्दामा

अर्थ संसार, काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरिक्षक रेशम खड्कालाई रु  ३ लाख घुस रकम सहित पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पद्मप्रसाद पाण्डेयकाअनुसार आयोगको टोलीले प्रहरी सहायक निरिक्षक खड्कालाई आज बालाजुबाट पक्राउ गरिएको हो ।

असई खड्काले लेनदेन ब्यवहारको कागज बनाइदिए वापत एक सेवाग्राहीसँग घुस लिन लागेको भन्ने सूचनामा आधारमा पुगेको आयोग टोलीले पक्राउ गरेको हो ।

प्रवक्ता पाण्डेयकाअनुसार बुटवलमा कार्यरत रहँदा रु एक १ करोड ३० लाखको कागज बनाइदिने काममा सहयोग गरेको  र उत्तः कागज आफैसँग राखी रु ३ लाख मागेको खुल्न आएको छ ।

कागज फिर्ता गरिदिन सेवाग्राहीले पटक पटक माग गर्दा असई खड्काले रकम दिनुपर्ने बताएपछि पीडितले आयोगमा उजुरी दिएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको