Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना

अर्थ संसार

सोमबार, २६ जेठ २०८२, ११ : ११ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलनसहित हाइकिङ कार्यक्रम आयोजना

 

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लास्टिक फोहोर संकलन तथा वातावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रम कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म सम्पन्न भएको हो।

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखाको सहकार्यमा सञ्चालन गरिएको उक्त हाइकिङका क्रममा झन्डै १५० केजी प्लास्टिक फोहोर संकलन गरिएको थियो। साथै, हाइकिङ मार्गका विभिन्न स्थानहरूमा स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) पनि राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ। संकलित फोहोरलाई कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधि, नेपाल रेडक्रसका पदाधिकारी, बैंकका कर्मचारी र स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैंकले वातावरण संरक्षणको उद्देश्यका साथ देशभर वृहत् वृक्षारोपण कार्यक्रम समेत सञ्चालन गरेको छ। आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले १८ हजार बिरुवा रोप्ने लक्ष्य राखेर विभिन्न स्थानमा वृक्षारोपण गरेको हो। वृक्षारोपण अभियानले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बैंकले बैंकिङ्ग सेवा मात्रै नभई स्वदेशी उत्पादनको प्रवद्र्धन, वातावरण संरक्षण, जलवायु संकट न्यूनीकरण तथा दिगो विकासका क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएको छ। यसै सन्दर्भमा, ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ तथा युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत दुई विधामा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाबाट विभिन्न विधामा सम्मानित हुँदै आएको छ।

सेवा सञ्जालका दृष्टिले पनि ग्लोबल आइएमई बैंक अग्रणी स्थानमा छ। यो बैंक सतहत्तरै जिल्लामा शाखा सञ्जाल विस्तार गर्न सफल पहिलो निजी वाणिज्य बैंक हो। बैंकले हालसम्म ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ।

बैंकले देशभित्रको सेवा विस्तारसँगै अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ। संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा ल्याउँदै बैंकले लाखौँ नेपाली नागरिकलाई आर्थिक पहुँचमा ल्याउन सहयोग पुर्‍याएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको