Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल स्काई क्लब कार्डमार्फत टिकट किन्दा पहिलो टिकट निःशुल्क

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, ११ : २७ मा प्रकाशित

ग्लोबल स्काई क्लब कार्डमार्फत टिकट किन्दा पहिलो टिकट निःशुल्क

ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्त रूपमा कार्ड सार्वजनिक गरे।

यस योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकका ग्राहकले यती एअरलाइन्समार्फत पहिलो पटक टिकट किन्दा सो टिकटको पूरै मूल्य बराबर क्यासब्याक पाउनेछन्, जसले गर्दा पहिलो यात्रा निःशुल्क हुनेछ। साथै, कार्ड प्रयोगकर्ताले पछि पनि टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउनेछन्।

बैंकका अनुसार कार्ड लिँदाखेरी ग्राहकले प्रारम्भिक १०० बोनस पोइन्ट पाउनेछन्, जुन विभिन्न छुट र सेवामा प्रयोग गर्न सकिनेछ। त्यस्तै, हरेक १०० रुपैयाँको कारोबारमा १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ।

यो कार्ड प्रयोगकर्ताले विमानस्थलमा चेक–इन तथा बोर्डिङ प्रक्रियामा प्राथमिकता सेवा प्राप्त गर्नेछन्। साथै यती एअरलाइन्सको उडानमार्फत यात्रा गर्दा ५ किलोसम्म बढी लगेज बोक्न सकिने विशेष सुविधा पनि उपलब्ध हुनेछ।

कार्यक्रममा बोल्दै बैंकका सीईओ रेग्मीले यस्तो सहकार्यले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्नुका साथै ग्राहक–मैत्री सेवा विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। यती एअरलाइन्सका सीईओ सापकोटाले पनि साझेदारीबाट दुवै कम्पनीका ग्राहक लाभान्वित हुने बताए।

हाल ग्लोबल आइएमई बैंकले देशभर ७७ वटै जिल्लामा सेवा विस्तार गरी हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ। यसले डिजिटल बैंकिङ, रेमिट्यान्स सेवा र नवप्रवर्तनयुक्त योजनामार्फत ग्राहकको जीवन सहज बनाउँदै आएको छ।
यती एअरलाइन्सले भने विगत २६ वर्षदेखि आन्तरिक हवाई सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको