Like us!
Follow us!
Connect us!
Watch us!

भारतको अहमदाबादमा एयर इन्डियाको यात्री विमान दुर्घटना

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १४ : ४७ मा प्रकाशित

भारतको अहमदाबादमा एयर इन्डियाको यात्री विमान दुर्घटना

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको एक विमान दुर्घटनामा परेको छ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो मेघानीनगर क्षेत्रमा लन्डनका लागि उडेको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भएको हो।

विमानमा २४२ जना यात्रु सवार थिए। दुर्घटनास्थलबाट बाक्लो कालो धुँवा उठिरहेको देखिएको छ भने सातवटा दमकलसहित आपतकालीन टोली तत्काल घटनास्थलमा पुगेको जनाइएको छ। दुर्घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको