Like us!
Follow us!
Connect us!
Watch us!

भारतले चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण

अर्थ संसार

बुधबार, ०६ मंसिर २०८०, ०९ : ०२ मा प्रकाशित

भारतले चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण

छिमेकी राष्ट्र भारतले चौथो चरणको भूकम्प राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।  भारतले नेपाल चिकित्सक संघको माग अनुरुपमंसिर ४ गते अत्यावश्यक चिकित्सा सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

राहत सामग्रीमा अत्यावश्यक औषधी र उपकरण समावेश छन् । जाजरकोट र त्यस वरपर गत कार्तिक १७ गते गएको भूकम्पबाट प्रभावित परिवारका लागि हालसम्म भारतले ३४ टन भन्दा बढी आपतकालीन् राहत सामग्री उपलब्ध गराइसकेको छ ।

छिमेकी पहिलो नीति अन्तर्गत नेपाललाई सहयोग गरेको भारतीय राजदूतावासले जनाएको छ । साथै राजदूतावासले नेपाल सरकारले तोकेको मापदण्ड र प्राथमिकताका आधारमा भारतले नेपालमा राहत सामग्री सहयोगलाई निरन्तरता दिने पनि बताएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको