Like us!
Follow us!
Connect us!
Watch us!

एयर इन्डिया विमान दुर्घटना - मृतक संख्या ५० नाघ्यो, उद्धार कार्य जारी

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, १५ : ५९ मा प्रकाशित

एयर इन्डिया विमान दुर्घटना - मृतक संख्या ५० नाघ्यो, उद्धार कार्य जारी

भारतको गुजरात राज्यको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृतक संख्या बढ्दै गएको छ। हालसम्म उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्य अझै जारी रहेकोले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

दुर्घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो नियन्त्रणमा ल्याउँदै घाइते र फसेका यात्रुहरूको उद्धारमा खटिएका छन्। लन्डनका लागि उडेको बोइङ विमानमा २४२ जना यात्रु सवार थिए, जसमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणी पनि थिए। विमान उडेको केही मिनेटमै दुर्घटनामा परेको हो।

दुर्घटनापछि अहमदाबाद विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। अस्पताल जानुपर्ने बाटोमा अन्य सवारी साधन रोकिएको छ भने एम्बुलेन्स र दमकललाई मात्र प्रवेशको अनुमति दिइएको छ।

यसअघि सन् १९८८ मा पनि यही विमानस्थलमा भएको एक दुर्घटनामा १३३ जनाले ज्यान गुमाएका थिए।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको