परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीच जारी द्वन्द्वका कारण पछिल्ला दिनहरूमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाली नागरिकहरूका लागि यात्रा सम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशहरूतर्फ भ्रमण वा वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली नागरिकहरूलाई सावधानी अपनाउन अनुरोध गरेको हो।विज्ञप्तिमा भनिएको छ कि हालको जटिल र अस्थिर परिस्थितिमा इजरायल, इरान वा ती मुलुकहरुतर्फ अन्य प्रयोजनका लागि यात्रा गर्न चाहने नेपाली नागरिकहरूले यस्ता यात्रा हाललाई स्थगित गर्नु उपयुक्त हुनेछ।
त्यस्तै, इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य मुलुकहरूतर्फ पनि रोजगारी, भ्रमण वा अन्य प्रयोजनमा जान तयारी गरिरहेकाहरूलाई समेत वर्तमान परिस्थितिको स्थायित्व नआएसम्म यात्रा नगर्न मन्त्रालयले आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस