Like us!
Follow us!
Connect us!
Watch us!

अमृत झा अझै इरानको जेलमै, गलत सूचनाप्रति परराष्ट्रले माग्यो माफी

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, १६ : १४ मा प्रकाशित

अमृत झा अझै इरानको जेलमै, गलत सूचनाप्रति परराष्ट्रले माग्यो माफी

इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा थुनामै रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ । आज एक विज्ञप्ति निकाल्दै मन्त्रालयले यसअघि झा रिहा भएको भन्दै दिइएको जानकारीबाट अन्योल र असुविधा भएको भन्दै माफी मागेको छ । 

सोमबार मन्त्रालयले इरानका लागि नेपाली अनररी कन्सलले कतारस्थित कार्यवाहक राजदूत कुमार राईलाई गराएको जानकारीअनुसार झा रिहा भएको भनेर मन्त्री खनालले लेखेको जनाएको छ । परराष्ट्रले अमृत झा रिहा भइनसकेको र निज सम्बद्ध मुद्दामा अदालतले 'एक्सपर्ट रिपोर्ट' तयार गर्न भनेको समेत जानकारी गराएको छ ।

परराष्ट्रले  झाका परिवारलाई  यी सबै तथ्यहरू जानकारी गराइसकिएको समेत बताएको छ । 'इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र श्री झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,' मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

तेल लिन जाने क्रममा उदयपुर, गाईघाटका ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको केशन टापुबाट पक्राउ गरेको थियो । इरानी सेनाले उनीहरूलाई चैत पहिलो साता नियन्त्रणमा लिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको