Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताले ध्यानदिनु पर्ने १५ बुँदाहरु

शुक्रबार, १२ माघ २०७४, १२ : ४२ मा प्रकाशित

सेयर लगानीकर्ताले ध्यानदिनु पर्ने १५ बुँदाहरु

अर्थ संसार, काठमाडौं– आफूले लगानी गरेको कम्पनीको सेयर मूल्य बढ्योस् । जसबाट आफूलाई राम्रो नाफा होस् भन्ने लगानीकर्ताको अपेक्षा हुन्छ ।

तर, नाफाको अपेक्षा मात्र गरेर हुँदैन । लगानी गर्दा लगानीकर्ताले कम्पनी छनोटदेखि बजारको बारेमा राम्ररी ज्ञान हुन जरुरी छ । त्यसैले लगानीकर्ताले यी १५ बुँदा बुझ्न जरुरी छ । 

  •  धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा उपयुक्त सूचनालाई लिई संयमित तथा विवेकशील भई लगानीको निर्णय लिनुहोस् । 

  • धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नलागी बजार तथा कम्पनीको वास्तविक वस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा जोखिम वहन गर्ने क्षमता अनुसार लगानी सम्बन्धी निर्णय गर्नुहोस् । 

  • सूचीकृत धितोपत्रमा लगानी गर्दा सम्बन्धित कम्पनीको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, कम्पनीको साधारण सभाको निर्णय (माइन्यूट) जस्ता महत्वपूर्ण  कुराहरुकोे अध्ययन गर्नुहोस् । 

  • आफूले खरिद गरेको धितोपत्र समयमै आफ्नो खातामा जम्मा भए÷नभएको ध्यान दिनुहोस् । 

  • धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनैतिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति सजग रहनुहोस् ।

  • धितोपत्र कारोवार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत मात्र गर्नुहोस ।  धितोपत्र कारोवार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा धितोपत्र व्यवसायी नियमावली हेरी जानकारी राख्नुहोस् ।

  • धितोपत्रको सार्वजनिक निष्काशनमा २०७३ माघदेखि आश्वा प्रणाली लागू गरिएकोमा २०७४ श्रावणदेखि उक्त प्रणालीलाई अनिवार्य गरिएकोले आगामी दिनमा सेयर आवेदन दिंदा यो प्रणालीमार्फत मात्र निवेदन दिनुहोस् । 

  • धेरै लगानीकर्ता सहभागी गराउने उद्देश्यले धितोपत्र बाँडफाँट गर्दा आश्वा प्रणाली लागू भए पश्चात सबै आवेदकलाई सम्भव भएसम्म कम्तीमा १० कित्ता वा दशको गुणनमा धितोपत्र बाँडफाँट गर्ने व्यवस्थाका सम्बन्धमा जानकारी राख्नुहोस् । 

  • धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस् । 

  • धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित आर्थिक नीति तथा कार्यक्रम सम्बन्धी जानकारीका लागि वोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट निरन्तर हेर्ने गर्नुहोस् । 

  • सार्वजनिक रुपमा निष्काशन गरिने धितोपत्रमा लगानी गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), लगानी योजना, जोखिम पक्ष, क्रेडिट रेटिङ्गको स्तर जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गर्नुहोस् । 

  • नेप्सेबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओटिसी (इत्ऋ) बजारबाट कारोवार गर्न सकिने व्यबस्था भएको हुँदा सोबारे जानकारी राख्नुहोस् । 

  • धितोपत्रको दोस्रो बजारमा कारोवार गर्दा वोर्डबाट इजाजत प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायीमार्फत मात्र गर्नुहोस् । 

  • दीर्घकालिन, नियमित तथा विविधीकृत लगानीका फाइदा सम्बन्धमा जानकार रहनुहोस् । 

  • धितोपत्रमा लगानी सम्बन्धी कुनैै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचिकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्ने गर्नुहोस् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको