बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर पुस २८ गते आइतबार बाँडफाँट भएको छ।
यस कम्पनीले १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा १ करोड ६४ लाख ८१ हजार ४४ कित्ताका लागि मात्र आवेदन परेको छ।
बिक्री नभएको बाँकी सेयर कम्पनीले अब लिलामीमा ल्याउनेछ।
कम्पनीले कात्तिक २० गतेसम्म कायम सेयरधनीका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता शेयर बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर रितपूर्वक आवेदन दिएका ५३ हजार ५७ जना आवेदकलाई १ करोड ६४ लाख ८१ हजार ४४ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलले जनाएको छ।
बाँडफाँडपछि बाँकी रहेको १७ लाख ९८ हजार ६५६ कित्ता सेयर अब कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस