Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, ११ : ३५ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको आधारमा सेयर जारी गर्ने अनुमति पाएको हो।

कम्पनीले पहिलो चरणमा साधारण सेयरको १० प्रतिशत, अर्थात २ लाख २५ हजार कित्ता सेयर, अंकित मूल्य १०० रुपियाँ प्रतिकित्ताको दरले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्नेछ।

वैदेशिक रोजगारीमा रहेका इच्छुक नागरिकहरूले माघ ८ गतेदेखि २२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दिँदा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयर खरिदको मागसहित आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

यसैगरी, कम्पनीले ३ प्रतिशत, अर्थात ६७ लाख ५० हजार कित्ता सेयर कम्पनीका कार्यरत कर्मचारीहरूको लागि सुरक्षित गरेको छ। साथै ५ प्रतिशत, अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि पनि सुरक्षित राखिएको छ। बाँकी रहेका १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरिनेछ। साथै, यदि वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रस्तावित सेयर बाँकी रह्यो भने, उनीहरूलाई थप सेयर उपलब्ध गराइने व्यवस्था गरिएको छ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ।  

यस्तो कम्पनीको चुक्ता पुँजी न्यूनतम ७५ करोड रूपैयाँ हुनुपर्ने व्यवस्था छ। हाल ५२ करोड ५० लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सर्वसाधारणबाट २२ करोड ५० लाख रकम उठाउने भएको हो।

कस्तो छ कम्पनी ?

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको खुद नाफा उल्लेख्य मात्रामा बढाएको छ।

कम्पनीले  चालू आवको प्रथम त्रैमासमामा ४ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले १ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको थियो । 

त्यस्तै, कम्पनीको आम्दानी ३ करोड २० लाख रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको यस्तो आम्दानी १ करोड २० लाख रुपैयाँ रहेको थियो ।  

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३ लाख १८ हजार रुपैयाँबाट बढेर १ करोड ४२ लाख रुपैयाँभन्दा बढी पुगेको छ। 

यस्तै कम्पनीको बीमा कोषको आकार बढेर ८ करोड ४३ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी ५२ करोड ५० लाख रहेको यस कम्पनीको जगेडा कोषमा ३२ लाख ७९ हजार रुपैयाँ छ भने महाविपत्ति कोषमा ३ लाख ८२ हजार रुपैयाँ छ। गत आवको तुलनामा कम्पनीको प्रतिशेयर आम्दानी २ पैसाले घटेर ० रुपैयाँ ८ पैसामा झरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको