प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारुढ दलको कुनै पनि असहमति नभएको बताएका छन् ।
बुधबार सिंहदरबारमा अध्यादेशबारे स्पष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसको शीर्ष नेतृत्व, ब्युरोक्रेसीको नेतृत्व, विज्ञहरूको सल्लाह सुझाव, उद्यमीको समस्या सुनेर मात्रै अध्यादेश ल्याइएको पनि दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ,एउटा अक्षरमा पनि कहिँ कतै असहमति छैन । पूर्ण सहमतिका साथ अध्यादेशहरू आएका छन् । अध्यादेशले जनताका समस्या पनि सम्बोधन गर्छ, सुशासन र विकासलाई पनि अघि बढाउँछ ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस