Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, बिमितले कुन योजना कतिसम्म पाउँछन् ?

अर्थ संसार

मंगलबार, ०१ माघ २०८१, १० : ४८ मा प्रकाशित

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक, बिमितले कुन योजना कतिसम्म पाउँछन् ?

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ का लागि बोनसदर निर्धारण गरेको छ।

कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले पुस २९ गते स्वीकृत गरेपछि बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ।

त्यस्तै, कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम २५ देखि अधिकतम २८ रुपियाँ तोकेको छ । सो बीमाको अवधि ९ देखि २४ वर्षसम्म रहेको छ ।

त्यसैगरी सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा बिमितलाई प्रतिवर्ष प्रतिहजार न्यूनतम ३५ रुपियाँदेखि अधिकतम ७५ रुपियाँ बोनस दिने निर्णय कम्पनीले गरेको छ । त्यसैगरी सावधिक (रेगुलर) जीवन बीमालेखका बिमितले भने न्यूनतम ३८ रुपियाँदखि अधिकत ७३ रुपियाँसम्म पाउनेछन् । 

अर्को योजना सिटिजन बाल भविष्य योजना (सावधिक) तथा सिटिजन बाल भविष्य योजना प्लस (सावधिक बीमालेख) मा आबद्ध बिमितले न्यूनतम ४० रुपियाँदेखि अधिकतम ६७ रुपियाँसम्म बोनस दर पाउनेछन् । 

साथै सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवनसारथि योजना) का बिमितलाई न्यूनतम ३८ रुपियाँदेखि अधिकतम ८० रुपियाँसम्म बोनस दर दिइने पनि कम्पनीले जनाएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको