चालु आर्थिक वर्षको पाँच महिनामा आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ७८ करोड ८४ लाख ६० हजार रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्रले उपलब्ध गराएको तथ्याकं अनुसार यो गत आवको सोही अवधिको तुलनामा २८.९५ प्रतिशत बढी हो ।
गत आवको मंसिर मसान्तसम्ममा विकास बैंकहरुले २ अर्ब १६ करोड २३ लाख ६० हजार रुपैयाँ नाफा कमाएका थिए ।
कसले कति कमाए नाफा ?
यो अवधिमा मुक्तिनाथ विकास बैंकले नाफामा नम्बर वानको आफ्नो वर्चश्व कायम नै राखेको छ भने ज्योति विकास र महालक्ष्मी विकास बैंकले नाफा घटाएका छन् ।
चालु आर्थिक वर्षको पाँच महिनामा मुक्तिनाथ विकास बैंकले ५८ करोड ८८ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । तथ्याकं अनुसार यो नाफा २८.२० प्रतिशत नाफा वृद्धि भएको हो ।
यो अवधिमा मुक्तिनाथलाई नाफामा पछ्याउनेमा गरिमा विकास बैंक रहेको छ । गरिमाले नाफा ३३.२४ प्रतिशतले बढाएर ५१ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ । नाफा वृद्धिदरमा भने कामना सेवा विकास बैंक अगाडि देखिएको छ । यसअवधिसम्ममा कामनाको नाफा ६८.२६ प्रतिशत बढेर ३३ करोड १० लाख रुपैयाँ पुगेको छ ।
यस्तै, चालु आवको पाँच महिनामा लुम्बिनी विकासको नाफा ५८.३० प्रतिशतले बढेर ३८ करोड ६८ लाख रुपैयाँ र शाइन रेसुङ्गाको ५७.३७ प्रतिशतले बढेर ४७ करोड ५९ लाख,सांग्रिला डेभलपमेन्ट बैंकको नाफा पनि ३३.०५ प्रतिशत वृद्धि भई २० करोड ७० लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, महालक्ष्मीको १.९३ प्रतिशतले घटेर २१ करोड २९ लाख रुपैयाँ कायम भएको छ । ज्योति विकास बैंकको नाफा ६४.७८ प्रतिशत घटेर ७ करोड ४ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने बैंकले १९ करोड ९९ लाख बढी नाफा आर्जन गरेको थियो । कम्पनीको खराब कर्जा बढ्दै जाँदा नाफा निरन्तर घट्दो क्रममा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस