वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा हातपात भएको छ। सहकारी पीडितको पक्षबाट बहस गरेर बाहिर निस्कने क्रममा उनीमाथि रास्वपा कार्यकर्ताले त्रिपाठी माथि हातपात गरेका थिए । सभापति रवि लामिछाने सहकारी ठगी मुद्धामा आज थुनछेक बहस भएको थियो ।
कालीमाटिस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको मुछिएका रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएपछि अदालत परिसरमा उनका समर्थकहरू भेला भएका छन्।
यसैबीच त्रिपाठी माथि भएको हातपातप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ। घटनामा रास्वपाको सदस्य संलग्न भएको भेटिएमा कारबाही गर्ने रास्वपाले जनाएको छ ।
रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले भने,‘यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्याय प्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस