ललितपुरको टीकाथली तथा आसपासका क्षेत्रमा भीषण वर्षा जारी रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले मंगलबार विशेष सूचना जारी गर्दै गोदावरी खोलालगायत स–साना खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने जनाउँदै जोखिम बढ्न सक्ने चेतावनी दिएको हो।
विभागले टीकाथली वर्षा मापन केन्द्रका आँकडाका आधारमा मध्यमदेखि भारी वर्षा मापन भएको र आगामी केही घण्टासम्म अझै वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ।
साथै, नदी तटीय क्षेत्र, नदी किनारका बस्ती, तथा किनारै भएर यात्रा गर्ने सवारी साधनका लागि जोखिम बढेको उल्लेख गर्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। विभागले एसएमएसमार्फत पनि स्थानियवासीलाई सतर्क रहन सूचना पठाएको छ।
विभागले गोदावरी खोला लगायत अन्य खोलाहरूमा बाढी आउन सक्ने भन्दै साना पुल, सडक तथा नदीछेउको बस्तीमा रहनेहरूलाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न अनुरोध गरेको छ। जल तथा मौसम विभागले यस्ता मौसमीय अवस्थाबारे थप अपडेटहरू पनि निरन्तर सार्वजनिक गरिरहने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस